सहमतिको बाटोमा आए पार्टी एकता सम्भवः पशुपति शम्शेर राणा

41

पर्सा, भदौ १५-

गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको अध्यक्ष पशुपति शम्शेर राणाले बताएका छन् । राप्रपा पर्साले  वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको प्रस्ट पारेका थिए । राप्रपाबाट छुटिृएका सम्पूर्ण हाँगालाई जोडी रुख बनाउनुपर्छ भन्ने मान्यता बोकी हिँडेकाले वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरेका थिए ।

Womui
Womui