भारतीय राष्ट्रपति नेपाल भ्रमण आउने पक्का

112

काठमाडौं, भदौ ४–
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पक्का भएको छ । सरकारका विशेष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुंगो लगाइएको हो । निधि र स्वराजले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन् । दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत छन् । भारतीय राष्ट्रपतिको भ्रमणतिथि तय भइनसके पनि नयाँ संविधान जारी भएको दिन असोज ३ गते आयोजना गरिने विशेष समारोहमा उनलाई विशेष अतिथिका रूपमा निम्त्याउने सरकारी गृहकार्य छ । ‘दुवै देशबाट एकअर्कामा उच्चस्तरीय भ्रमण गराउने सहमति बनेको छ ।

pk|kwfgdGqL ljdn]Gb| lglw / ef/tLo ljb]z dGqL ;'idf :jf/fh gofF lbNnLdf e]63f6 ug{'x'Fb} . tl:j/ M ;f}hGo÷ef/tLo ljb]z dGqfno .

पहिला प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्ने र त्यसपछि भारतका राष्ट्रपति नेपाल आउने तय भएको छ । त्यसपछि राष्ट्रपति भण्डारीलाई भारत भ्रमण गराउन दुवै देश सहमत भएका छन,’ निधि–स्वराज भेटवार्तामा सहभागी एक स्रोतले भन्यो । उच्चस्तरीय भ्रमणबारे सहमति बनेसँगै विशेष दूत निधिले शुक्रबार साँझ भारतीय राष्ट्रपति मुखर्जीलाई भेटी राष्ट्रपति भण्डारीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका छन् । त्यस क्रममा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारतीय राष्ट्रपतिलाई जानकारी गराए । दुई देशबीच तीनवटा उच्चस्तरीय भ्रमण गराउने सहमति भए पनि मिति भने तोकिएको छैन । छिट्टै आपसी समझदारीमा कूटनीतिक तबरबाट भ्रमणमिति घोषणा गरिने जनाइएको छ । सहमतिअनुसार प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअगावै भारतमा स्वागत गरिनेछ । ‘आपसी सम्बन्ध थप मजबुत बनाउन उच्चस्तरीय भ्रमण आवश्यक भएकाले पहिला तिनै कार्यक्रमलाई प्राथमिकता दिइएको हो,’ स्रोतले भन्यो । गत वर्ष असोज ३ गते नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि लगातार ६ महिना अघोषित नाकाबन्दी लगाएको थियो ।

अन्तराष्ट्रिय दबाब बढेपछि भारत नाकाबन्दी हटाउन बाध्य भएको थियो । नाकाबन्दी हटेपछि सम्बन्ध सुधारका लागि भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरे पनि सम्बन्ध पुरानै अवस्थामा फर्कन सकेको थिएन । ओली नेतृत्वको सरकारले तय भइसकेको राष्ट्रपतिको भ्रमण स्थगित गर्दै भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायलाई समेत फिर्ता बोलाएपछि दुई देशबीच तिक्तता छताछुल्ल भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल सरकारको नेतृत्वमा आएपछि उनले गत साता छिमेकीसँग सम्बन्ध थप मजबुत पार्न भारत र चीनमा विशेष दूत पठाउने निर्णय गरे ।

यसअनुसार उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका छन् भने निधि बिहीबार भारत गएका हुन् । निधिसँग भेटमा विदेशमन्त्री स्वराजले नयाँ सरकारले संविधान संशोधनमार्फत मधेसकेन्द्रित दलका माग सम्बोधन गर्ने प्रक्रिया सुरु गरेकोमा खुसी व्यक्त गरेकी थिइन् । उनले नेपालमा राजनीतिक स्थिरता होस् भन्ने भारतले चाहेको समेत बताइन् । नयाँ सरकारले मधेसी दलसँग सुरु गरेको संवाद र सहमतिमा भारतको साथ रहने उनले स्पष्ट पारिन् । आजको नागरिकमा खबर छ ।

Womui
Womui