समर्थन जुटाउँदै प्रजातान्त्रिक समुह

88

नेपालगन्ज, भदौ ३–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा गोपालप्रसाद अधिकारी नेतृत्वको प्रजातान्त्रिक उद्योगी व्यवसायीको समुहलाई विजयी गराउन मधेसी र मुस्लिम समुदाय तथा महिलाले अभियानलाई तिव्र पारेका छन् । सो समुहको पक्षमा मधेसी र मुस्लिम समुदाय, महिला उद्यमी तथा महिला नेतृले खुलेरै प्रचार–प्रसार गरेका हुन् । अधिकारीको नेतृत्वमा पुगेका उम्मेदवारको टोली समक्ष नेपालगन्जका अग्रज मुस्लिम र मधेसी अगुवाले प्रजातान्त्रिक समुहको जितले मात्र नेपालगन्ज उद्योग वाणिज्य संघको गरिमा जोगिने बताउँदै सम्पुर्ण मुस्लिम र मधेसी मतदातालाई गोपाल अधिकारीको समुहलाई जिताउन आग्रह गरे । मुस्लिम र मधेसी समुदायका अगुवा, मौलाना लगायतले बिहीबार र शुक्रबार उम्मेदवारसँगै घरदैलोमा हिडेर भोट मागेका थिए ।

photos Gopal Adhikari and Pradeep

सो क्रममा मुस्लिम समुदायका अगुवा हाजी मोहित अन्सारीले प्रजातान्त्रिक समुहलाई विजयी गराएपछि मात्र उद्योग वाणिज्य संघमा साना ठुला सबै व्यापारीको हित हुने बताएका थिए । प्रजातान्त्रिक टोलीले बिहीबार र शुक्रबार नेपालगन्जको सदरलाईन तथा बाँकेको चिसापानी र खासकुश्मा गाविसका मतदातालाई भेटेर मत मागेको अध्यक्ष पदका उम्मेदवार अधिकारीले बताए । आफुहरुको अभियानलाई मधेसी, मुस्लिम, महिला लगायत चारैतिरबाट सहयोग र समर्थन जुट्ने क्रम जारी रहेकाले आफुहरुमा आत्म विश्वास बढ्दै गएको उनको भनाई छ । यसैबीच केहीदिन यता प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको पक्षमा जनलहर सिर्जना गरेका महिला उद्यमी र महिला नेतृहरुले प्रचार प्रसार अभियानलाई व्यापक बनाएका छन् । महिला उद्यमीसँगै घरदैलोमा हिडेका महिला संघ, नेपाल सांस्कृतिक संघ लगायत संस्थामा आबद्व महिलाहरुको प्रत्येक मतदातालाई भेटेर प्रजातान्त्रिक उद्यागी व्यवसायी समुहमा रहेका उम्मेदवारको योग्यता, क्षमता र व्यक्तित्वका विषयमा बुझाउँदै विजयी गराउन आग्रह गरेका हुन् । आपूmहरुको अभियानले मूर्त रुप लिदै गइरहेकाले थप हौसला बढेको अभियानमा सक्रिय रहेकी नेपाल महिला संघ बाँकेकी सभापति नारायणी रुपाखेतीले बताईन् ।

 photos Gopal Adhikari Panal

महिलाहरुको शुक्रबार न्यूरोड पीपल चौतारा, घरवारी टोल हुँदै बागेश्वरी लाइनका व्यापारीको पसल–पसल पुगेर गोपाल अधिकारी नेतृत्वको समूहलाई मतदान गर्न आग्रह गरेका छन् । अभियानमा सहभागी नेपाल साँस्कृतिक संघ बाँके क्षेत्र नम्वर ३ की सभापती रञ्जिता ढकाल भन्छिन्, ‘हामीहरु अधिकारी प्यानलले जारी गरेको घोषणा पत्र सहित हरेक व्यवसायीको घर दैलोमा पुगेका छौ, चारैतिरबाट राम्रो प्रतिक्रिया आइरहेको छ ।’ राम्रो नेतृत्व बिना उद्योग वाणिज्य संघ चलायमान हुन नसक्ने भएकाले अधिकारी प्यानललाई निर्वाचनमा अधिक मतले विजयी गराउने अभियान जारी रहेको सहभागी महिलाको भनाई छ ।

यस्तै नेपाली काँग्रेस बाँके जिल्ला कार्यसमिति बैठकले उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवारलाई अमुल्य मत दिएर विजयी गराउन सम्पुर्ण मतदातालाई आग्रह गरेको छ । जिल्ला कार्यसमिति पदाधिकारी सहित महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय सभापति र नगर सभापति समेत सहभागी भएको उक्त बैठकले भदौ ११ गते हुने निर्वाचनमा प्रजातान्त्रिक उद्योगी, व्यवसायीको समूहलाई विजयी गराउने अभियानमा सक्रिय हुन नेता कार्यकर्तालाई निर्देशन दिएको सचिव कपिलदेव शर्माले जानकारी दिए । उक्त बैठक जिल्ला सभापति किरण कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Womui
Womui