आन्दोलनमा मारिएको सरकारी तथ्याङ्क ४२ भए पनि ६८ जनालाई सहिद घोषणा गर्ने तयारी

52

काठमाडौं, भदौ ३-
आन्दोलनमा मारिएकको सङ्ख्या सरकारी तथ्याङ्कमा ४२ जना भए पनि ६८ जनालाई सहिद घोषण गर्ने तयारी भइरहेको छ । यसैबीच मधेस आन्दोलनका क्रममा मारिएका थप २६ जनालाई सहिद घोषण गर्न सरकार सहमत भएको छ । उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलगयात मधेस केन्द्रित दलका शीर्ष नेता सम्मिलित बैठकले कूल ६८ जनालाई सहिद घोषणा गर्ने सहमतिमा पुगेका हुन् ।
नयाँ सहिदको सूचीमा विरगन्जमा मारिएका एक भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्न लागिएको छ । सहिदको सूचीमा राखिएकालाई मन्त्रिपरिषदले पारित गरेलगत्तै उनीहरु सहिद घोषणा हुनेछन् । यस अघिको ओली सरकारले ४२ जनालाई सहिद घोषणा गर्दै रकम समेत बाँडेको थियो। दाहाल प्रधानमन्त्री नियुक्त भएपछि फेरि मधेसी दलको सिफारिसमा आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्न लागिएको हो।

Womui
Womui