नवलपरासी , साउन ३२-
नवलपरासीको दाउन्नेमा यात्रुबाहक जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ घाइते छन् । जिल्ला प्रहरी नवलपरासीका अनुसार घाइतेको स्थानीय मेडिकलमा प्राथमिक उपचार भइरहेकाेमा उनीहरुलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।