गृहमन्त्री निधि भदौ २ गते भारत जाँदै

137

काठमाडौं, साउन ३२-

Bimalendra-Nidhi
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते दिल्ली जाने भएका छन् । भारतका लागि प्रधानमन्त्रीका विशेष दूत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधि भारतीय राजदूत रञ्जित रे सँगको छलफलपछि दिल्ली भ्रमणको मिति तय भएको हो ।  उनले भारतीय राजदूत रेलाई आफू भदौ २ गते दिल्ली जाने तथा ३ र ४ गते राजनीतिक नेतृत्वसँगको औपचारिक भेटवार्तामा सहभागी हुने जानकारी गराएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए।

Womui
Womui