न्यायाधीश सपना मल्ल अझै राष्ट्रसंघमा पनि जागिरे

87

काठमाडौं, साउन २४–
सर्वोच्च अदालतमा हालै स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ला प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन् । एक साताअघि मात्रै सर्वोच्च अदालतको न्यायधीश भएकी प्रधान जेनेभास्थित यातनाविरुद्धको राष्ट्रसंघीय समिति (क्याट) मा स्वतन्त्र विज्ञ सदस्यका रुपमा कार्यरत छिन् । नेपाल सरकारले अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता रहेकी प्रधानलाई उक्त पदका लागि सन् २०१४ मा मनोनयन गरेको थियो । प्रधानले उक्त पदबाट हालसम्म राजीनामा नदिएको एक सरकारी अधिकारीले बताए ।

Sapana Malla Pradhan

उनको पदावधि सन् २०१७ अक्टुबरसम्म छ। न्यायाधीश नियुक्त भइसकेपछि राष्ट्रसंघीय पदमा रहिरहनु उपयुक्त नहुने सरकारी अधिकारीको भनाई छ । ‘प्रधानले राष्ट्रसंघीय समितिबाट राजीनामा दिनु भएको छैन । उहाँले व्यक्तिगत रुपमा राजीनामा दिएको भएपनि जानकारी गराउनु भएको छैन,’ जेनेभास्थित नेपाली स्थायी नियोगका एक अधिकारीले टेलिफोनमा भने ।

न्यायाधीश व्यक्तिलाई कुनै पनि लाभको पदमा देशभित्र वा बाहिर समानान्तर पदीय हैसियतमा रहन निषेध गरिएको भएपनि प्रधान भने अझै राष्ट्रसंघीय पदमा रहनु विरोधाभासपूर्ण रहेको एक कुटनीतिज्ञले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

Womui
Womui