सुनचाँदी सहित कोहलपुरमा एक पक्राउ

58

नेपालगन्ज, असार २२–
सुनचाँदी सहित एक व्यक्तिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदी सहित नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर ५ निवासी ५१ वर्षिय रामसेवक बर्मालाई बुधबार बिहान पक्राउ गरेको हो । कोहलपुर नगरपालिका वडा नम्वर १२ रोहिणी खोलाबाट पक्राउ गरिएको इप्रका इन्चार्ज एवम् प्रहरी नायव उपरिक्षक(डिएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

अभियुक्त विरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए । पक्राउ परेका बर्माको साथबाट १ किलो ६ सय ५० ग्राम चाँदी र ३१ ग्राम ७ सय मिलीग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा बर्मालाई पक्राउ गरिएको काफ्लेले बताए । बरामद सुनको बजार मूल्य १ लाख ६२ हजार ७ सय ९४ र चाँदीको १ लाख २९ हजार २ सय ७० बजार मूल्य रहेको प्रहरीको भनाई छ ।

Womui
Womui