उपत्यकामा हाइटेक मेट्रो सेवा सुरु

55

काठमाडौं, फागुन ३०–
काठमाडौं उपत्यकामा अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो सेवा आजबाट सञ्चालन गर्ने तयारी गरिएको छ । नेपालमै पहिलोपटक सुरु हुन लागेको यो सेवा यातायात व्यवसायीहरुको करीब १६ करोडको लगानीमा सञ्चालन हुन लागेको हो । पहिलो चरणमा ३९ वटा सञ्चालनमा आउने हाइटेक मेट्रोबसले पहिलो चरणमा चक्रपथ परिक्रममा गर्ने र त्यसपछि अन्य रुटमा पनि सञ्चालनमा ल्याउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

Hitech-metro-Bus

हाइटेक मेट्रोबसले यात्रुहरुको सुविधाका लागि निशुल्क वाईफाई पनि दिने बताइएको छ । मेट्रोबसमा रहेको लोकेसन ट्रयाकिङ सिस्टमसहितको मोबाई एप्सले यात्रुलाई आफ्नै निवासबाटै निकट दुरीमा रहेको बस र बसमा रहेका यात्रुका संख्याबारे जानकारी लिन समेत सकिनेछ । हाइटेक मेट्रो सेवा सुरु हुन लागेपछि सकसपूर्ण सार्वजनिक यायातातको यात्रा केहि हदसम्म सहज हुने विश्वास गरिएको छ ।

Womui
Womui