निकुन्जलाई दवाव दिन समिति गठन

26

नेपालगन्ज, फागुन १४–
बाँके राष्ट्रिय निकुन्जलाई दवाव दिन मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दा संगठित भएका छन् । बाँकेको खासकुश्मा गाविसस्थित राजकोट र राप्ती मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाहरु यसरी संगठित भएका हुन् । दुवै मध्यवर्ती क्षेत्रका उपभोक्ता संयुक्त रुपमा भेला भएर ‘संरक्षित क्षेत्र जनअधिकार संरक्षण समिति’ गठन गरे ।

स्थानीय भेदलाल ओलीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिको उप–संयोजकमा चुर्णबहादुर कुमाल, सचिवमा टिकाराम बस्नेत, कोषाध्यक्ष थम्मन भण्डारी तथा सदस्यमा रुद्रमणि ढकाल, रामबहादुर ओली र बलबहादुर घर्ती रहेका छन् । उक्त समितिले स्थानीय उपभोक्ताको हकहितका विषयमा सबैखाले क्रियाकलापमा निकुन्जसँग समन्वय गर्ने, जनपरिचालन तथा अन्याय विरुद्ध दवाव सिर्जना गर्ने लगायत भूमिका निर्वाह गर्नेछ । ‘यो समितिले निकुन्जलाई जायज कुरामा सहयोग र समन्वय गर्नेछ,’ ओलीले भने ‘तर निकुन्जबाट हुने अन्याय र अत्याचार विरुद्ध समिति सक्रिय रहेर जनपरिचालन गर्ने र दवाव मुलक कार्यक्रम गर्छ ।’

बाँके निकुन्जले एक महिनाअघि खासकुश्मा–४ सौरीबाट १२ जना निर्दोश व्यक्तिलाई पक्राउ गरी झुट्टा मुद्दा चलाएको उक्त भेलाले ठहर गरेको छ । ‘चोरी सिकारीको अभियोगमा प्रारम्भिक चरणदेखि प्रतिवेदन तयार गर्दाका बखत सम्म एकै प्रकृतिका घटनामा अनुसन्धान गरी फरक तरिकाले प्रतिवेदन तयार गरी मुद्दा चलाएकोमा उक्त क्रियाकलापको भेलाले भत्र्सना र आपत्ति प्रकट गरेको छ,’ पुर्व गाविस अध्यक्ष ओलीले भने । पक्राउ परेका व्यक्तिलाई निकुन्जले चोरी सिकारी नियन्त्रण ऐन र प्रहरीले हात हतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाएको छ ।

Womui
Womui