यसरी सुरु भयो मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव–(फोटो फिचर सहित)

108

नेपालगन्ज, माघ २१—
मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७२ बिहीबारबाट नेपालगन्जमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले एक समारोहका बीच महोत्सव उद्घाटन गरिन् । महोत्सव उद्घाटन गर्दैै उनले राजनीतिक स्थायित्व भएमा लगानीको वातावरण तयार हुने बताईन् ।

1 Mahodsab Jhaki

2 Mahodsab Manch

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुनिलकुमार शर्मा, उद्घाटन शत्रमा मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख(डिआईजी) केशव अधिकारी, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अमर खड्का, सांसद अञ्जना चौधरी, पुर्वमेयर धवल सम्शेर राणा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष अमर खड्का लगायतले बोलेका थिए ।

3Mahodsab Manch

महोत्सव आगामी फागुन २ गते सम्म चल्नेछ । महोत्सवमा करिव ५ करोड रुपैयाँ बराबरको कारोबार, ८४ लाख रुपैयाँ बराबरको आम्दानी र ६० लाख जति खर्च हुने संघले अनुमान गरेको छ ।

5 Mahodsab Manch

4 Mahodsab Manch

6 Mahodsab Jhaki

7 Mahodsab Jhaki

Womui
Womui