दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

49

झापा, पुष १–
झापाको दमकमा सडक दुर्घटनाबाट गएराति एकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–१५ स्थित सडकखण्डमा भएको सडक दुर्घटनामा ताप्लेजुङ चाँगे घर भई हाल मोरङको उर्लाबारी बस्दै आएका २७ वर्षीय जोगेन्द्र लिम्बूको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका अनुसार लिम्बूले चलाएको को. २२ प ४७९ नम्बरको मोटरसाइकल र ना. ५ ख ४१६० नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

Womui
Womui