बैतडीमा यूवा सम्मेलन सम्पन्न

48

बैतडी, मंसिर २८–
बैतडीमा पहिलो पटक जिल्ला यूवा सम्मेलन सम्पन्न भएको छ । यूवाहरुलाई जिल्लाका हरेका क्षेत्रमा सहभागिता गराउने उद्देश्य सहित जिल्ला विकास समिति बैतडीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा यूवा सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले यूवाहरुको विकासका विषयमा १० बुँदे बैतडी घोषणापत्र जारी गरेको छ, भने २९ सदस्यीय जिल्ला यूवा संजाल समेत गठन गरिएको छ । घोषणापत्रमा यूवाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका बुँदाहरु समेटिएका छन् । यसका साथै यूवाहरुको विकासका लागि जिल्लाका हरेक सरोकारवाला निकायहरुले हरदम पहल गर्ने जनाइएको छ ।

जिल्लामा यूवा सम्मेलन सम्पन्न हुनुले हरेक क्षेत्रमा यूवाका सवालहरुलाई मूल प्रवाहीकरण गर्न सजिलो हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए । जिल्ला विकास तथा अन्य सरोकारवाला निकायहरुले बिशेष नीति बनाएर यूवाहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन जिल्ला यूवा सम्मेलनले महत्वपूर्ण ढोका खोलेको उनको दाबी छ । यस्तै बैतडीका स्थानीय विकास अधिकारी खेमराज बिष्टले यूवाहरुको सर्वांगिण विकासका लागि जिल्ला विकास समिति सदैव तयार रहेको बताए ।

यूवा शक्ति समाजको फोहरलाई तह लगाउने शक्ति भएकाले यसको समुचित प्रयोगका यूवा सम्मेलन दिशानिर्देश गरेको बताए । नेपाल यूवा संस्था संजाल आयोनका केन्द्रिय महासचिव अरुण खड्काले संशोधित राष्ट्रिय यूवा नीति २०७२ ले यूवा परिषद गठन गर्ने व्यवस्था गरीसकेको अवस्थामा जिल्ला विकास समिति यूवा सम्मेलन गरेर यूवा विकासका लागि राम्रो काम गरेको बताए ।

Womui
Womui