सरकारले झमक घिमिरेलाई घर बनाइदिने

246

काठमाडौं, मंसिर २३–
सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ । पशुपति क्षेत्र विकास कोषको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौं गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

Jhamak-Ghimire

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार घिमिरेलाई आवास उपलब्ध गराउन लागिएको बारे जानकारी गराए । भेटमा साहित्यकार घिमिरे पनि सहभागी थिइन् ।

Womui
Womui