राजमार्ग अवरुद्ध गर्ने पूर्वमन्त्री पक्राउ

44

राजविराज, कात्तिक २३

राजमार्ग अवरुद्ध गर्न खोज्दा पूर्वमन्त्री समेत पक्राउ परेका छन् । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आइताबार राति रुपनी र भारदहमा राजमार्ग अवरुद्ध पारेको थियो । सडक खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै दुई दर्जन नेता कार्यकर्तालाई पक्राउ गरेको छ । भारदशबाट ६ र रुपनीबाट १७ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह समेत छन् । उनीहरु प्रहरी हिसारतमा रहेको डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

Womui
Womui