रुपैडिहाबाट चार ट्यांकर डिजल भित्रियो

112

नेपालगन्ज, कात्तिक २२–
रुपैडिहा नाकाबाट आइतबार ४ ट्यांकर डिजल भित्रिएको छ । इप्रका जमुनाहाका अनुसार ४ वटा डिजल ट्यांकर सहित अन्य ५ वटा मालबाहक ट्रक नेपालगन्ज भित्रिएका हुन् । भारतीय भन्सारले रोकेको ६ दिनपछि आइतबार इन्धन भित्रिएको हो । प्रवेश अनुमति नपाउँदा भारतीय भूमिमा दिनहुँ सवारी साधनको संख्या थपिने क्रम जारी छ । रुपैडिहामा आइतबार सिमापारी पेट्रोलियम ट्यांकर ५८ वटा रोकिएका छन् । ती मध्ये ७ वटा हवाई इन्धन बोकेका ट्यांकर छन् ।

Womui
Womui