भारतीय नागरिकले सुरु गरे नाकाबन्दीविरुद्ध ‘मोदी हिमालयन ब्लण्डर’ ह्यासट्याग

50
काठमाडौं, कात्तिक १६
भारतले करिब डेढ महिनादेखि लगाएको अघोषित नाकाबन्दीको विरोधमा भारतीय नागरिकले नै सामाजिक सञ्जाल ट्वीटरमा मोदी हिमालयन ब्लण्डर ह्यासट्याग सुरु गरेका छन् । असल छिमेकीप्रति मोदी सरकारले गरेको अघोषित नाकाबन्दीविरुद्ध ट्वीटर प्रयोगकर्ताले आक्रोश पोखेका हुन् । भारतीय नागरिकले सुरु गरेको सो ह्यासट्यागमा नेपाली ट्वीटर प्रयोगकर्ताले पनि सहभागिता जनाइरहेका छन्। यसअघि नेपाली ट्वीटर प्रयोगकर्ताले ‘ब्याकअफ इण्डिया‘ ह्यासट्याग प्रयोग गरेर भारतीय नाकाबन्दीको विरोध गरेका थिए।
Womui
Womui