बालुवाटारमा उच्चस्तरीय राजनीतिक समिति बैठक

45

काठमाडौं, कात्तिक १२–
सरकारमा साझेदार दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको समितिको बैठकले मधेसी मर्चासँग आजै दिउसो हुने वार्ताको तयारी, इन्धन आपूर्तिका लागि भएका प्रयास, समसामयिक राजनीतिक विषय र नयाँ राष्ट्रपति निवार्चित पछिको अवस्थाका बारेमा छलफल गरेको बुझिएको छ । बैठकमा प्रधानमन्त्रीसहित एमालेका शीर्ष नेताहरू, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायत सरकार समर्थक र सत्ता साझेदार दलका नेता सहभागी भएका छन् । pm niwas
दाहाल नेतृत्वको समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा संयुक्तका अध्यक्ष गणेश साह लगायत छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने समितिमा सहभागि छैन ।

Womui
Womui