प्रधानमन्त्री ओलीको दौडधुप सुरु

45

काठमाडौं, असोज २५–
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै शहीदलाई श्रद्धाञ्जली दिन लैनचौर पुगेका छन् । त्यहाँस्थित शहीद स्मारकमा माल्यार्पणपछि ओली शहीद गेट गएका छन् । शहीदगेटबाट सिंहदरवार गई दिउँसो नै पदभार ग्रहण गरेको ओलीका प्रेस संयोजन गरिरहेका प्रमोद दाहालले जानकारी दिए । sss
पदभार ग्रहण गरेलगत्तै दिउँसो साढे ३ बजे मच्छिन्द्रनाथको भोटो हेर्न जावलाखेल पुग्ने र एमालेका केन्द्रीय कार्यालय बल्खु पुग्ने कार्यक्रम छ । बल्खुमा रहेको जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उनी कीर्तिपुरको चम्पादेवी जानेछन् । चम्पादेवीमा अवस्थित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

Womui
Womui