प्रहरी र लुटेराबीच गोली हानाहान, नगद एक लाख सहित लुटेरा पक्राउ

45

सल्यान, असोज २३–
बसका यात्रु लुट्ने एक व्यक्तिलाई एक लाख १० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । जाजरकोट निवासी सविन राना नगद सहित पक्राउ परेका हुन् । सल्यान सुईकोटको थाला भन्ने जंगलबाट उनलाई नियन्त्रणमा लिइएको हो । नेपालगन्जबाट रुकुमको चौरजहारीतर्फ जाँदै गरेका तीन वटा बसलाई रोकेर ८ जनाको लुटेरा समुहले शुक्रवार लुटपाट गरेको थियो ।

लुटेको रकम बाँडफाँड गरेर लुटेराहरु जंगलमै बसेको जानकारी पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरी सहायक निरिक्षक बीरबहादुर भण्डारीका अनुसार लुटेरा मध्यका राना मात्र नगद रुपैयाँ सहित पक्राउ परेका हुन् । लुटेरा समुहमा ८ जना रहेको पक्राउ अभियुक्तले बयान दिएका छन् । लुटेरा र प्रहरी बीच सोही जंगलमा दोहोरा गोली हानाहान समेत भएको थियो । लुटेरा समुहले प्रहरीलाई देख्दा बित्तिकै गोली चलाएको र प्रहरीले त्यसपछि जवाफी फायरिङ गरेको असई भण्डारीले बताए । प्रहरीले चलाएको गोली लागि एकजना लुटेरा घाइते भएका छन् । घाईते व्यक्ति फरार छन् ।

Womui
Womui