बेलहिया नाका फेरि ठप्प

154

भैरहवा, असोज १८

बेहलिया नाकाको भारतीय भूमि सुनौलीबाट आन्दोलनकारीले प्रहरीमाथि गुलेलीले  आक्रमण गरेपछि हिजोदेखि सुचारु भएको बेहलिया नाका फेरि ठप्प भएको हो।

धर्नामा बस्न आएका प्रदर्शनकारीलाई प्रहरीले लखेटेपछि भारतीय भूमिबाट नेपाल प्रहरीलाई गुलेलीसहित ढुंगामुढा गरेपछि भीडन्त भएको छ। प्रहरीको निषेधाज्ञा तोड्दै आन्दोलनकारी धर्नामा बस्न गएका थिए। यसैबीच प्रहरीले तीन जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

भारतीय सुरक्षाकर्मीले नेपालतिरबाट आफूहरूलाई आक्रमण भएको भन्दै असहयोग गरेपछि अहिले नाकाको अवस्था तनावग्रस्त रहेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।

Womui
Womui