मितेरी पुलमा मधेसी मोर्चाको धर्ना जारी

36

विरगन्ज, असोज ८

संविधान र प्रदेश सीमाङ्नको विरोधमा मधेसवादी मोर्चाले बिहीबारदेखि मुख्य भन्सार नाकामा धर्ना दिई भारतबाट नेपालमा आपूर्ति हुने सामग्री रोक्ने उद्देश्यले थालेको धर्ना कार्यक्रम आज पनि निरन्तरता दिएको छ। उनीहरुले  प्रमुख आयातनिर्यात केन्द्र वीरगञ्ज नाकामा धर्ना दिँदै दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा बसेका छन्।  बिहीबार नाकामा भेला भएर धर्ना दिएका प्रदर्शनकारीलाई प्रहरीले पटक पटक बलप्रयोग गर्दा पनि धर्ना कार्यक्रम निन्तर चलिरहेको मोर्चाका नेताहरुको दाबी छ।

हिजो आन्दोलनकारीलाई उक्त स्थानबाट हटाउन खोज्दा दुई पक्षबीच पटक–पटक झडप भएको थियो। झडपमा २ प्रहरीसहित करिब एक दर्जन आन्दोलनकारी घाइते भएका थिए। आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि सुरु भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

Womui
Womui