न्यूयोर्क भ्रमण रोक्न प्रधानमन्त्री कोईरालालाई सुझाव

67

काठमाडौं, असोज ६–
प्रधानमन्त्री सुशील कोईरालालाई न्यूयोर्क भ्रमणमा नजान प्रमुख दलका शिर्ष नेताले सुझाव दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमणमा नजान सुझाव दिएका हुन् । यससँगै कोइरालाको बुधबारको विदेश यात्रा अन्यौलमा परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म चलेको तीन दलका शीर्ष नेताहरुको बैठकमा कोइरालाको न्यूयोर्क भ्रमणबारे छलफल भएको थियो ।search
बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कोइरालालाई विदेश नजान प्रस्ताव गरे । ‘सामान्य अवस्थामा संविधान बनेपछि जानु उपयुक्त हुन्छ । तर, देश यतिवेला गम्भीर र संवेदनशील अवस्थामा छ । यस्तो अवस्थामा प्रधानमन्त्री विदेश जानु राम्रो हुँदैन’ बैठकमा श्रेष्ठले भने । कुनै पनि बेला वार्ता र सम्वादमा बस्नु पर्नेदेखि निर्णय गर्नु पर्ने भन्दै उनले कोइरालालाई राष्ट्रसंघ महासभामा अरु कसैलाई पठाउन सुझाव दिएका थिए ।
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले तत्कालै श्रेष्ठको प्रस्तावमा समर्थन जनाएका थिए । ‘ओली र प्रचण्डले पनि ठिक हो, प्रधानमन्त्री नजानु राम्रो हुन्छ भन्नु भयो,’ एक नेताले भने ‘प्रधानमन्त्रीले म उचित निर्णय गर्छु भनेर जवाफ दिनुभयो ।’ सरकार छाड्ने तयारीमा रहेका कोइरालाकै जोडबलमा संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम तय भएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री कोइराला आज अपरान्ह पौने ५ बजे न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।

Womui
Womui