प्रहरी चौकीमा आगजनी

22

रौतहट, असोज ५

गत राति प्रदर्शनकारीहरुले रौतहटको रङ्गपुर प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीले प्रहरी चौकीभित्र रहेको प्रतीक्षालयमा आगजनी गरेका छन् भने भवनमा समेत तोडफोड गरेका छन्। २ सय भन्दा बढीको समूहमा आएका उनीहरुले चौकीमा ढुङ्गामुडा गर्दै तोडफोड गरेका हुन्। उनीहरूले तोडफोड गरेको प्रहरी चौकीमा प्रहरी बस्दैनन्। सहायक निरीक्षक श्याम तामाङको नेतृत्वमा आठ जना प्रहरी कार्यरत रहेको रङ्गपुर चौकीमा आक्रमणको लागि ठूलो संख्यामा आन्दोलनकारी आइरहेको पूर्व सूचना पाए पछि प्रहरी बाहिरिएका थिए।

Womui
Womui