नेपालगञ्जलाई बालश्रम मुक्त बनाउन पहल गरिने

36

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउन पहल गरिने भएको छ । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा उपमहानगरपालिकाले आइतबार आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले उपमहानगरलाई बालश्रम मुक्त बनाउन पहल गरिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख विष्टले बालश्रम ठूलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए । यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा पर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । कार्यक्रममा उपप्रमुख कमरुद्धिन राई, उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले श्रममा रहेका बालबालिकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिएका थिए ।

Womui
Womui