बाघ नियन्त्रणमा सहयोग गर्नेलाई अध्यक्ष थारुद्वारा धन्यवाद ज्ञापन

72

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकामा केही महिना यता आतंक मच्चाइरहेको पाटे बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सहयोग र समन्वय गर्ने सम्बन्धित निकायलाई धन्यवाद दिएका छन् । ढिलै भए पनि राप्ती सोनारी क्षेत्रमा बाघ खोजी कार्य निरन्तरको पहलले सार्थकता पाएको उनले बताए ।

बाघले मान्छेको ज्यान लिएपछि तत्काल नियन्त्रणमा लिन गाउँपालिका अध्यक्ष थारुले दबाब दिएका थिए । बाघ नियन्त्रण गर्न सम्बन्धीत निकायलाई बारम्बार दबाब दिएकै कारण चितवनबाट नै बाघ नियन्त्रणका लागि प्राविधिक टोली आएको थियो । एक सातासम्म खोज्दासमेत बाघ फेला पर्न सकेको थिएन ।

‘राप्ती सोनारी गाउँपालिका क्षेत्रमा बाघले बारम्बार मान्छेमाथि आक्रमण गरी ज्यान लिन थालेपछि सुरुदेखि नै लागिपरेका थिए । पछिल्लो समय त बाघको आंतक अति भएपछि निकुञ्ज, वन, विभिन्न संघसंस्थालाई राप्ती सोनारी क्षेत्रमानै बोलाएर छिटो नरभक्षी बाघ नियन्त्रणको लागि दबाब नै दिनुप¥यो,’ उनले भने,‘ सम्बन्धित निकायहरुलाई ज्ञापनपत्रसमेत बुझाएँ । बाघ नियन्त्रणमा समन्वय गर्ने सबै निकाय तथा नियन्त्रणमा खटिने सबैलाई गाउँपालिका अध्यक्ष भएकोे नाताले जनताको तर्फबाट समेत धन्यवाद दिन चाहान्छुँ । यस राप्ती सोनारी क्षेत्रमा क्षेत्रमा अन्य बाघहरु रहेकोले जोखिम अझै घटिसकेको छैन ।’ राप्ती सोनारीका गाउँ क्षेत्रका जंगलमा फेरि बाघ देखिए नियन्त्रणमा लिनुपर्नेमा अध्यक्ष थारुले जोड दिए ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने,‘बाघ नियन्त्रणमा सहयोग र समन्वय गर्ने सिडिओ’साब, निकुञ्ज, वनका हाकिम’साब, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यवाद दिन चाहान्छुँ ।’

पाँच महिनायता मात्र बाघले राप्तीसोनारीको वडा नम्बर ४ र ६ मा मात्र पाँच स्थानीयको ज्यान लिइसकेको छ । बाघको आक्रमणबाट चालू आर्थिक वर्षको अहिलेसम्म राप्तीसोनारी र नरैनापुरमा गरेर सातजनाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।

Womui
Womui