गाउँपालिका अध्यक्ष लाहुराम थारुले भने,‘पर्वको नाममा लागूऔषध दुर्व्यसनमा नफसौं’

86

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिवरात्रिको अवसर पारेर विभिन्न धार्मिक स्थलको दर्शन गरेका छन् । धर्मकर्मले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्ष थारुले राप्तीसोनारीको प्रशिद्ध धार्मिक स्थल बर्फानी बाबा मन्दिर, भुवरभवानी मन्दिर, राप्तीसोनारीकै कुशुमेश्वर शिव मन्दिर र दाङको शिवसवरी धाम धार्मिक प्रतिष्ठान मन्दिरको दर्शन गरेका हुन् ।

दर्शन गर्ने क्रममा दाङस्थित शिवसवरी धाम धार्मिक प्रतिष्ठान मन्दिरका आयोजित कार्यक्रममा उनी सहभागी भएका थिए ।

अध्यक्ष थारुले शिवरात्रिमा प्रसादका नाममा अत्यधिक तवरले भाङ, धतुरो र गाँजा जस्ता लागुपदार्थ सेवन नगर्न सुझाएका छन् । उनले गाँजा भाँङ सेवन गर्ने नभएर महाशिवरात्रिलाई आफ्नो लागूऔषध दुर्व्यसनको लतलाई शिवमा समर्पित गरेर कुलत मुक्त हुनुपर्ने बताए । भगवान् शिव पनि भाँङ धतुरो खाएर नशामा डुब्नेवाला नभएर भक्तजनलाई दुव्र्यसनबाट मुक्ति दिलाउन ग्रहण गरेको बताउँदै अध्यक्ष थारुले भने, ‘कुनै पनि धार्मिक पर्वमा लागू पदार्थ सेवन गर्नै पर्छ भन्ने छैन । विभिन्न धार्मिक स्थलको दर्शन गरेर, दीनदुखीलाई सहयोग गरेर रचनात्मक रुपमा पर्व मनाउने सन्देश हामीले समाजलाई दिनु पर्छ ।’

 

Womui
Womui