जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेड विजयी

167

नेपालगन्ज– न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ ।

समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यु डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नव दुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

 

 

Womui
Womui