धनलक्ष्मीले हेलिकप्टरमा जन्माइन् बच्चा

157

नेपालगन्ज– उडिरहेको हेलिकप्टरमा एक महिलाले बच्चालाई जन्म दिएकी छिन् ।  मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावलले नेपाली सेनाको हेलिकप्टरमा उक्त बच्चालाई जन्म दिएकी हुन् ।

प्रमुख सेनानी रचना श्रेष्ठले उडाएको हेलिकप्टरमार्फत् मुगुबाट रावललाई कर्णाली प्रदेश अस्पताल पु¥याउनु पर्ने थियो । तर उडिरहेको हेलिकप्टरमै उनी सुत्केरी भएको सेनाले जनाएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उदृत गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिए । उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरीक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुरुमा आकस्मिक कक्षमा भर्ना गरिए पनि अहिले दुवैको अवस्था सामान्य रहेकाले वार्डमा सारिएको थापाको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ४० बढी गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।

Womui
Womui