‘अध्यक्ष कप’ रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र

138

नेपालगन्ज– राप्ती गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको सहयोग र लक्ष्मी माध्यमिक विद्यालय राप्ती सोनारी–२, मदुईको आयोजना व्यवस्थापनमा १४औं राष्ट्रपति रनिंग शिल्ड तथा अध्यक्ष कप चौथौं खेलकुद प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । फिल्ड व्यवस्थापन समिति, अतिथि संस्कार समिति, प्रचार प्रसार समिति, प्रतियोगिता निरीक्षण र अनुमगन समिति, खेलकुद समितिलगायत अन्य समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्यले जानकारी दिए ।

प्रतियोगितामा १०० मिटर, २०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड र ४ह१०० र ४ह४०० रिले दौड संचालन हुने भएका छन् । त्यसैगरी हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको प्रधानाध्यापक आचार्यले बताए । आधारभुत बिद्यालय स्तरिय कुर्सी दौड र गणित दौड छात्रा÷छात्र भलिबल खेल सञ्चालन गरिने भएको छ ।

खेलकुदमा सहभागी प्राथमिक तहको विद्यालयलाई शुल्क वापत १५ सय, आधारभूत तहको विद्यालयलाई २००० र मा.वि तहको विद्यालयलाई ३ हजार शुल्क लिने निर्णय समेत भएको आयोजक विद्यालयका प्रधान्ध्यापक लक्ष्मण आचार्यले बताए । रनिङ शिल्ड प्रतियोगितामा राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत गरी करिब ७२ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् । खेलकुदमा सहभागी हुने विद्यार्थी तथा खेलाडीहरुले आफ्नो विवरण खुल्ने गरी निर्धारित राप्ती सोनारी गाउँपालिकाको नियमानुसारको ढाँचामा फाराम भरी फागुन १६ गतेभित्र लक्ष्मी माध्यमिक विद्यालयको कार्यालयमा पेश समेत गरिसक्नु पर्ने बताइएको छ ।

 

Womui
Womui