कांग्रेस बाँकेः पाँचजना निर्विरोध

151

 नेपालगन्ज– नेपाली काँग्रेस बाँकेको जिल्ला कार्यसमिति सदस्यमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचिन अधिकृत उदयमणी आचार्यका अनुसार जिल्ला सदस्यमा भुगोलतर्फ डुडुवा गाउँपालिकाबाट कुन्नीकुमारी कलवार (भुगोल महिला खुल्ला) र खेमनाथ अधिकारी (भुगोल खुल्ला) निर्वाचित भएका छन् ।

यस्तै बैजनाथ गाउँपालिकाबाट कोकिला शर्मा (भुगोल महिला खुल्ला), समावेशीतर्फ अपांगता कोटाबाट अमृतकुमार आचार्य र थारु महिला कोटाबाट लालतादेवी थारु निर्विरोध निर्वाचित भए । निर्वाचन अधिकृतको कार्यालय बाँकेले शनिबार बेलुका प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीबाट उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

यसैगरी महासमिति सदस्यमा क्षेत्र नम्बर–१ बाट मधेसी कोटामा कृष्णचन्द्र मौर्य र मुस्लिम कोटामा ईशाक जोलाह निर्वाचित भएका छन् । यस्तै क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा खुल्ला महिला कोटाबाट भारती जोशी र माया पुन तथा दलित कोटाबाट मैकुलाल बाल्मिकी र मुस्लिम कोटाबाट निजामुद्धिन अन्सारी (छोड्काउ) पनि निर्विरोध निर्वाचित भएका छन् । बाल्मिकी काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

त्यसैगरी महासमिति सदस्यमा नै खसआर्य तर्फबाट युवराज शर्मा, मधेसी कोटाबाट दुखीराम लोनिया, दलितबाट आशा बिक र थारु कोटाबाट चन्तराम थारु निर्विरोध निर्वाचित भए । उनीहर चारै जना क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएका शर्मा राष्ट्रिय सभाका सदस्य हुन् । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाट गोकर्णप्रसाद आचार्य र प्रदेश महाधिवेशन प्रतिनिधीमा अपांगता कोटाबाटै जंगबहादुर डाँगी निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुन नसकेका अन्य उम्मेदवारलाई यही फागुन १९ गते हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गराइने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम् प्रवक्ता अर्जुन ओलीले जानकारी दिएका छन् ।

Womui
Womui