मृगौला र पाठेघरको रोगबाट पीडित बिरामीलाई अप्टिमिस्टले गर्‍यो सहयोग

152

नेपालगन्ज– अप्टिमिस्ट क्लब अफ नेपालगन्जले बिरामीलाई आर्थिक सहयोग गरेको छ । बुधबार सम्पन्न नेपालगन्जको बास्कोटा मार्केटमा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था अप्टिमिस्ट क्लब अफ नेपालगन्जको कार्यालय उद्घाटनमा मृगौला, पाठेघरको रोगबाट पीडित धनशरा वलीलाई सहयोग गरिएको हो ।

वलीको उपचार सहयोगार्थ क्लबका पदाधिकारी तथा अन्यबाट संकलित रकम ६५ हजार १ सय ११ रुपैयाँको चेक वलीकी आफन्त प्रतिमा थापालाई हस्तान्तरण गरिएको छ । उक्त चेक अप्टिमिस्ट इण्टरनेशनल नेपालका डिष्ट्रिक गभर्नर उदय निरौला, क्लबका अध्यक्ष नमस्कार शाहलगायतले प्रदान गरेका थिए ।

बर्दिया ककौरा घर भई विगत १५ वर्षदेखि नेपालगन्जलाई कार्यथलो बनाई विभिन्न मिडिया तथा संघ संस्थामा आवद्ध धनसरा वली हाल लखनउ स्थित मर्सी अस्पतालमा उपचारका क्रममा भर्ना छन् । मृगौला, पाठेघरको ट्युमर र पाइल्सलगायतको रोगबाट पीडित वलीका श्रीमानको श्रावणमा निधन भएको थियो । उनको उपचारमा आर्थिक अभाव भएकाले अप्टिमिष्ट क्लब अफ नेपालगन्ज मार्फत उक्त सहयोग गरिएको क्लबले जनाएको छ ।

 

Womui
Womui