कोहलपुरका विद्यालय शनिबार पनि खोलिने

139

नेपालगन्ज– बाँकेको कोहलपुर नगरभित्रका संस्थागत विद्यालयहरु शनिबार पनि सञ्चालन गरिने भएका छन् । संस्थागत विद्यालयहरुको संगठन, प्याब्सन कोहलपुरले शुक्रबार वक्तव्य जारी गरि कोभिड महामारी तथा एसीसीका विरोधमा पटक–पटक विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठनमा प्रभाव परिरहेकाले शनिबार पनि कक्षा सञ्चालन गर्न लागिएको जनाएको हो ।

प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुवेदी र सचिव रमेश खत्रीले संयुक्त विज्ञप्तिमार्फत् शनिबार पनि विद्यालय सञ्चालन गर्न आफ्ना सदस्य विद्यालयहरुलाई आग्रह गरेका छन् । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले शनिवार कक्षा सञ्चालन गर्ने कोहलपुरका संस्थागत विद्यालयको निर्णयलाई राम्रो भनेका छन् । ‘विभिन्न बहानामा बालबालिकाको पठनपाठनलाई आक्रमण भैरहेको बेला कोहलपुरका निजी विद्यालयहरुले गरेको यो सराहनीय कामको अवश्य मूल्याङ्कन हुनेछ,’ अध्यक्ष रावतले भनेका छन् ।

Womui
Womui