राप्तीसोनारीमा नेपाल उत्पीडित जातीय मुक्ति समाज

172

नेपालगन्ज– नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज राप्ती सोनारी गाउँपालिका स्तरीय कमिटी विस्तार गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पालिका स्तरीय कमिटी विस्तार गरिएको हो ।

भेलाले पालिका स्तरीय कमिटीको अध्यक्षमा भरत बिसीको नेतृत्वमा २९ सदस्य कार्य समिति चयन गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले उत्पीडित वर्गको एक मात्र सारथि नेकपा एमाले रहेको बताए । उनले श्रमिक वर्गको र सामाजिक रुपमा उत्पीडनमा रहेका वर्गको उत्थान र उनीहरुको सशक्तिकरणका लागि सदैव नेकपा एमाले साथमा रहेको बताए । उनले स्थानीय स्तरमा रहेका यस्ता उत्पीडन वर्गहरुका न्यास र उनीहरुको सवलीकरणमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले महत्वूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास लिएको बताए । साथै ढकालले स्थानीय चुनावमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न समेत आह्वान गरेका थिए ।
कार्यक्रमा नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसी राष्ट्रिय युवा संघ बाँकेका इन्चार्ज युवा नेता खेमराज शर्मा लगायत जिल्ला कमिटी सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।

Womui
Womui