ट्रक दुर्घटना हुँदा २ नेपाली सेनाको मृत्यु, ६ जना गम्भीर घाइते

47
सिराहा, भदौ ३०
ट्रक दुर्घटना हुँदा दुई नेपाली सेनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । लाहानस्थित खाद्यसंस्थानबाट सिराहा कारागार जाँदै गरेको सिराहाको चोहरवाको नयाँ गोरखगणको उक्त ट्रक दुर्घटना हुँदा पद खुल्न नसकेका शालिकराम शिलवाल र पद र नाम खुल्न नसकेका एक सेनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको कसहास्थित नजिक ट्रक दुर्घटना भएको थियो। घाइतेको लाहानस्थित सप्तऋषि अस्पताल र राउस्मार अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए।
Womui
Womui