ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

120

बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ ।
पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहदै आएका खजुरा गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय शतिष बिकलाई सोमबार पक्राउ गरेको हो ।

बिकलाई उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले गत भदौ १३ गते ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष ३ महिना २४ दिनको कैद सजाय फैसला गरेको थियो । त्यसपछि उनि फरार रहदै आएका थिए । पक्राउ परेका बिकलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Womui
Womui