बर्दियामा जिप दुर्घटना हुँदा १ को मृत्यु, १० घाइते

34

बर्दिया– ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित दुर्घटना हुँदा एकको मृत्यु र १० जना घाइते भएका छन् । मधुवन नगरपालिका–५ बस्ने ८० वर्पीया रुप्सी कुमालको मत्यु भएको हो । नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–७ बस्ने ७० वर्षिय चक्रपाणि घिमिरे, गेरुवा गाउँपालिका–३ बस्ने १९ वर्षीय मनिराम थारु, वडा नम्बर ४ बस्ने ६४ वर्षीय नर प्रसाद काफ्ले, १८ वर्षिय सनम थारु, राजापुर नगरपालिका–४ बस्ने ६१ वर्षीय खुशीराम थारु, मधुवन नगरपालिका–५ बस्ने ७५ वर्षिय धनिराम कुमाल, वडा नम्बर ६ बस्ने २३ वर्षीय सोनम बिक, वडा नम्बर ९ बस्ने २० वर्षीय आशिष थारु, ठाकुरबाबा नगरपालिका–३ बस्ने ५४ वर्षिय भुन्टि थारु र बाँके नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय भावना केसीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–३ दम्की स्थित भुरिगाउँबाट गुलरियातर्फ आउँदै गरेको भे.१.ज.८७९ नम्बरको बलेरो जिप साइकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भई बिहीबार दुर्घटना भएको हो । बलेरो अनियन्त्रित भई सडक देखी १७ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात चालक फरार भएका थिए ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । सुर्खेत घर भई हाल ठाकुरबाबा नगरपालिका–३ बस्ने चालक पहर सिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Womui
Womui