कृष्णनगरमा झाडापखालाको प्रकोपः तीनको मृत्यु, सयौँ बिरामी

36

कपिलवस्तुः जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरको वडा नं. ७,८,९ मा गए रातिदेखि बान्ता र झाडापखाला लाग्ने बिरामीको संख्याह्वातै बढेको हो । झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ । तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो ।

स्थानीय शिवराज अस्पताल बहादुरगञ्जमा हिजो रातिदेखि उपचारको लागि आउनेको संख्या बढेको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए । अहिले अस्पतालमा ५२ जना भर्ना रहेका छन् भने ७ जनालाई थप उपचारको लागि अन्यत्र रिफर गरिएको चौधरीले बताए ।

नगरपालिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखालाका बिरामी निरन्तर बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । प्रकोपका कारण दुई जनाको ज्यान पनि गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् ।
कृष्णनगर–९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर–८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेका छन् ।
झाडापखालाको महामारी फैलिएसँगै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोली बहादुगञ्ज पुगेको छ ।

Womui
Womui