देवपुरामा शिव मन्दिर उद्घाटन

161

नेपालगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिकामा शिव मन्दिर उद्घाटन गरिएको छ । पालिकाको वडा नम्बर ४ देउपुरामा एक कार्यक्रमका बीच पालिका अध्यक्ष लाहुराम थारुले मन्दिर उद्घाटन गरेका हुन् ।

पालिकाको लगानीमा निर्मित मन्दिर उद्घाटनमा वडा नम्बर ४ का वडा अध्यक्ष कान्छा थारु र स्थानीयको ठूलो मात्रामा उपस्थिति रहेको थियो । वडामै मन्दिर निर्माण भएपछि भक्तजनलाई पूजाआजा गर्न टाढा धाउनु पर्ने बाध्यता हटेको छ ।

मन्दिर स्थापना भएपछि वडामा हुने उच्छृङ्खल कामप्रति मानिसको वितृष्णा जागेर असल समाज निर्माण हुने स्थानीयको विश्वास रहेको छ ।
मन्दिर उद्घाटनका क्रममा बोल्दै पालिका अध्यक्ष थारुले मन्दिरको रेखदेखलगायत यसको संरक्षण वडावासीले गर्नु पर्ने बताए । धर्मप्रति आस्था राखे मानिसको मन स्वच्छ हुने बताउँदै विश्वाससाथ मनले मागेको कुरा पनि पूरा हुने भएकाले दिनहुँ पूजाआजा गर्नु पर्ने अध्यक्ष थारुले बताए ।

मन्दिर निर्माणका लागि पालिकाको ३ लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ भने स्थानीयले स्वस्फूर्त रुपमा श्रमदान गरेका थिए ।

Womui
Womui