राप्तीसोनारीमा सिकलसेलको नमुना परीक्षण सुरु

184

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकामा सिकलसेल एनिमियाको नमुना परीक्षण मंगलबारदेखि सुरु गरिएको छ । गाउँपालिकालाई नेपालकै पहिलो सिकलसेल एनिमिया मुक्त पालिका घोषणा गर्ने उद्देश्यसाथ यसको रोकथाम र न्यूनीकरणका लागि नमुना परीक्षणको सुरुवात भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन् ।

नमुना संकलनको सुरुवातमा अध्यक्ष थारुको नमुना लिइएको छ । अध्यक्ष थारुलगायत केही वडा अध्यक्षको पनि नमुना संकलन गरिएको छ । बुधबार (भोलि) देखि क्रमशः गाउँपालिका भर रहेका व्यक्तिको नमुना संकलन गरिने बताइएको छ । समयमै सिकलसेल एनिमिया रोगको परीक्षण गरौं रोगी भए उपचार गरौं बाहक (ट्रेट) भए जेनेटिक परामर्श लिई यो रोग न्यूनीकरण गरौं भन्ने उद्देश्यसाथ थारु स्वास्थ्यकर्मी समाज बाँके शाखाले सिकलसेल एनिमियाको नमुना संकलन गरिरहेको छ । यसैबीच सिकलसेल एनिमिया सम्बन्धी जनचेतनामूलक १ दिने अभिमुखीकरण कार्यक्रमसमेत गरिएको थियो ।

सिकलसेल के हो ?

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ । सिकलसेल एनिमियाबाट संसारभरका २५ मिलियन मानिस प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकाको पश्चिममा राज्यहरमा पहिलो पटक देखिएको सिकलसेल एनिमियाबाट नेपालका बाके, बर्दिया, दाङ्ग लगायतका तराईका जिल्लाहरु बढी प्रभावित छन् ।

यी जिल्लाहरुमा बसोबास गर्ने आदिवासी थारु समुदायका मानिसहरु यो रोगबाटसबैभन्दा बढी प्रभावित छन् । नेपालका थारु समुदाय बाहेक अफि्रका र इण्डियन कन्टिनेटका केही देशका आदिवासीहरुमा यो रोग देखिएको छ ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ ।

सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको (विकृत) हुन्छ ।

यस्तो विकृत रक्तकोषको आयु पनि दशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसकेा प्रभाव देखिन थाल्दछ ।

Womui
Womui