स्वर्णले जन्म दिनमा गरे सहयोग

292

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानवीय तथा परोपकारी काम गर्ने संस्था तथा अभियानमा सहयोग गरेका छन् । नेपालगन्ज स्थित एचसिआरसी हस्पिटलका प्रमुख वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. कुमार शान शाहका सुपुत्र स्वर्ण जंगले जन्म दिनमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

जन्म दिनको अवसरमा शनिबार बासले सञ्चालन गरेको मास्क बैंकलाई १० हजार १ सय १० रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित मास्क बैंक मै पुगी डा. शाह र उनका सुपुत्र स्वर्ण जंग शाहले बासका अध्यक्ष रमेश सिटौलालाई नगद सहयोग हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रमका बासका कार्यकारी निर्देशक नमस्कार शाह, महासचिव शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट र कार्यक्रम अधिकृत शुद्धप्रसाद चौधरीको उपस्थिति रहेको थियो ।

यसैगरी शनिबार नै शाहले नेपाल पत्रकार महासंघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्स, नेपालगन्जस्थित निलसागर सेवाश्रम र भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाउँदै आएको श्री अन्जनी माता रसोइलाई १० हजार १ सय १० रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेका छन् । छोराको जन्म दिनमा परोपकारी कार्यमा सहयोग गर्न पाएकोमा खुसी लागेको डा. कुमार शान शाहले बताए ।

Womui
Womui