उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

278

काठमाडौं– देशभरका सबै अस्पतालले लिने उपचार शुल्क सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ । कोरोना महामारीको समयमा समेत उपचार र अक्सिजनको शुल्क धेरै लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचार सामग्री बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधी खरिद गर्न लगाएको गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।

उपचार गर्दा लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा ७ दिनभित्र अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । साथै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन निर्देशन दिइएको छ ।

Womui
Womui