बास जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न

50

नेपालगन्ज– कोभिड–१९ को संक्रमणबीच बासले देशभर शाखा तथा उपशाखाले गरिरहेका क्रियाकलापबारे जानकारी आदान प्रदान गर्ने र आगामी योजना तय गर्ने उद्देश्यले आयोजना गरेको भेला अनलाइनका माध्यमद्वारा सम्पन्न भएको छ ।

बास केन्द्रीय कार्यसमितिको आयोजनामा भएको भेलामा बास झापा शाखाका अध्यक्ष अर्जुन खरेल, रुपन्देही शाखाका कार्यकारी निर्देशक बिजया खत्री, कास्की शाखाका अध्यक्ष शिव वास्ताकोटी, स्याङ्जा शाखाका अध्यक्ष चुत्र बहादुर महत, डोटी शाखाका अध्यक्ष गणेश मौनी, बाँके शाखाका अध्यक्ष रविन्द्र बोहरा, रोल्पा शाखा अध्यक्ष कमान सिंह बिकलगायत जिल्ला शाखा अध्यक्षले शाखाले गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको भेलामा स्वागत बासका उपाध्यक्ष लुना बुढाथोकीले गरेका थिए । बासका ३५ बढी शाखाका अध्यक्षको सहभागिता रहेको भेलामा सहभागी अध्यक्षले शाखाले गरिरहेका कामसँगै केन्द्रसँगको अपेक्षा राखेका थिए । जिल्ला अध्यक्षहरुले कोभिड–१९को संक्रमणका कारण भौतिक रुपमा भेटघाट तथा कार्यक्रम हुन नसकेको अवस्थामा केन्द्रीय कार्यालयले आयोजना गरेको अनलाइन भेलाले संस्थाले गरिरहेका कामको पुनर्ताजगी भएको बताएका थिए । झण्डै अढाइ घण्टा चलेको बैठकमा धन्यबाद ज्ञापनसहित भेलाको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

Womui
Womui