जेठ २५ देखि चिनियाँ खोप लगाइँदै

284

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेबाट लगाइने भएको छ। चीनले अनुदान दिएको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार भएको छलफलले २५ गतेबाट खोप लगाउने निर्णय गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिएका छन् ।

देशभर ६० देखि ६४ वर्ष उमेर समूहका मानिस झन्डै साढे ८ लाख रहेकाले छलफलपछि बैठकले चीनबाट अनुदानमा आउने खोप यो समूहलाई लक्षित गरेर खोप दिने निर्णय भएको हो । हिमाली जिल्लाहरूको हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिन सकिने डा. गौतम बताउँछन्। तर त्यसका लागि सुरुमा खोपको उपलब्धता हेरिने र पुग्ने अवस्था आयो भने मात्र लगाइने उनले जनाएका छन् ।

खोप देशव्यापी रूपमै लगाउने भएकाले चाँडै खोपहरू सम्बन्धित जिल्लामा पठाउने काम सुरू गर्ने खोप शाखाको तयारी छ।

फाइल तस्बिर ।

 

Womui
Womui