नेपालगन्जमा हरित हेमन्तले रोपे विश्वमै लोपोन्मुख कल्पबृक्षको बिरुवा

206


बाँके/ हरित अभियान्ता हेमन्तराज काफ्ललेले लोपउन्मुख विरुवाको पनि संरक्षण गर्न थालेका छन । उनले यस्ता विरुवाहरुको खोजी गर्न थालेका छन । यसै अभियान अन्र्तगत आज सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित भगवती टोलमा रहेको भगवती मन्दिरमा उनले लोपउन्मुख कल्पबृक्षको बिरुवा लगाएका छन । काफ्लेले विरुवा लगाउँदै गर्दा स्थानियहरुले पुजाँआजा गरेर खुसी व्यक्त गरेका थिए ।

पश्चिम् अफ्रिकामा पाईने कल्पबृक्षको दाना नर्बे बाट साधना राणाले हरित कोष नामक सस्था बाट हेमन्तलाई पठाएकी थिईन । कल्पबृक्षको विरुवा लगाएपछि अझै उत्साह थपिएको बताए ।उनले यस्ता लोपउन्मुख विरुवाहरुलाई देशभर लगाउने समेत सोच बनाएका छन । कल्पबृक्षको बिरुवा सम्भवत नेपालकै पहिलो भएको काफ्लेले दाबी गरेका छन ।

स्थानिय समाजसेवी तथा जयपृथ्वी सहकारीका अध्यक्ष लोकेन्द्र चन्दले गाउँघरमै विरुवा लगाएर पुण्यको काम गरेकाले हरित अभियान्ता काफ्लेले धन्यवाद दिए । साथै उनले यो रापिएको कल्पबृक्षको विरुवाको संरक्षणमा समय दिने चन्दले बताएका छन ।
कल्पबृक्ष धार्मिक बिरुवा भएकाले हिन्दु धर्म अनुसार रातो सेतो धजा , धुप र दियो बाली स्थानीयले पुजा गरेका हुन । अर्का स्थानिय रोजिसा शाही सिङले पुजा अर्चना गरेपछि नियमित रुपमा विरुवाको हेरचाह गर्ने समेत बताईन ।
यो विरुवा निश्चित ठाउँ मन्दिर, चर्च , मस्जिद , गुरुद्वारा , बिधालय, पार्कहरुमा लगाउने गरिन्छ भने बाताबरण संतुलनमा निकै टेवा पुग्ने गर्छ । यो विरुवा १५ बर्षमा फल्ने र अफ्रिकामा यसको फल खाने गरेको पाईन्छ । साथै यो विरुवा हजारौं बर्ष बाच्ने भएकाले निकै उपयोगी र धार्मिक रुखको रुपमा पनि लिने गरिन्छ ।

एक अध्ययन अनुसार कल्पबृक्षको विरुवा पृथ्वीबाटै लोप हुन लागेको रुखको प्रजातीमा परेको छ । यो हजारौं बर्ष बाच्छ र बाताबरणका साथै धर्ती माताको लागि पनि निकै उपयोगी मानिन्छ । यसको दाना काफ्लेलाई उपहार प्राप्त भएपछि बीउ जगाउन सुबन नर्सरीका रेन्जर बुद्धिबल श्रेष्ठले सहयोग गरेका थिए । काफ्लेले उपहार पाएका २५० वटा दाना मध्येमा ११ वटा मात्र बिरुवा तयार भएको छ । कल्पबृक्षकोे रुख भारतमा ९ वटा मात्र भएको र नेपालमा एउटा पनि नभएको एक अध्ययनले देखाएको छ ।

Womui
Womui