पत्रकारलाई ७ लाख रुपैयाँको बिमा, निःशुल्क उपचार र अनलाइनलाई पनि सरकारी विज्ञापन

235

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा श्रमजीवी पत्रकारलाई ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५० प्रतिशत सरकारले दिने कुरा समेटेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले संरकर्मीहरूका लागि नि:शुल्क उपचारको व्यवस्था गरिने र सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको बताए। अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

त्यस्तै अबदेखि अनलाइनलाई पनि सरकारी विज्ञापन दिइने कुरा बजेटमा समेटिएको छ।

Womui
Womui