होम आइसोलेशन अण्डा वितरण

57

नेपालगन्ज– बासद्वारा सञ्चालित मास्क बैंक मार्फत् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का होम आइसोलेशनमा रहेका २० जना संक्रमितलाई सामाग्री वितरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को समन्वयमा वडाभित्र होम आइसोलेशनमा बसिरहेका कोभिड संक्रमितलाई प्रति व्यक्ति एक क्यारेट अण्डा, एक प्याकेट सर्जिकल मास्क र केही डिटल साबुन वितरण गरिएको छ । संक्रमितको घरघरमा पुगी वडाका पदाधिकारी र बासका सहजकर्ता शोभा थापा मगरले उक्त सामाग्री वितरण गरेका थिए । घरमै बसिरहेको अवस्थामा गरिएको सहयोगबाट खुसी भएको होम आइसोलेशनमा बसेका संक्रमितहरुले बताएका छन् । यसरी वितरण गरिएका सामाग्रीका लागि आर्थिक सहयोग काठमाडौंमा बस्ने रूपा दिक्षित जोशी र प्रकाश आचार्यले मास्क बैंकलाई उपलब्ध गराएका थिए ।
यसैगरी शुक्रबार नै बासले मास्क बैंकमार्फत् डुडुवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनबहादुर बुढालाई ३ हजार थान मास्क हस्तान्तरण गरेको छ । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए ।

Womui
Womui