अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री

125

नेपालगन्ज–कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ । कोभिड संक्रमित अवधी भाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा, तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङका लागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ ।
यसै क्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीले अवधी पत्रकार संघलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बेकरीका प्रोप्राइटर सुरेश बर्माले शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद २१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणमा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल साहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई अहिलेको कोभिड संक्रमणको महामारीका बेला मानवीय सेवामा खर्च गरिनेछ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिका वार्ड नम्बर १८ का अध्यक्ष दिपक बर्माले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छ । बर्माले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ३० सेट सर्जिकल मास्क र हैण्ड सेनिटाइजर हस्तान्तरण गरेका हुन् । बर्माले प्रदान गरेको स्वास्थ्य सामाग्री बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारलाई संक्रमणको जोखिमबाट बच्नका लागि प्रदान गरिनेछ । अहिलेको विष्म परिस्थितिमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत सुरक्षा नगरी रिपोटिङमा खटिने पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी निकायले बताएका छन् ।

Womui
Womui