जेठ ३ गतेसम्म लम्बियो निषेधाज्ञा

128

नेपालगन्ज– बाँकेमा जारी निषेधाज्ञा जेठ ३ गतेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसका कारण परिस्थिति असहज बन्दै गइरहेकोले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।

संक्रमण फैलावटको साङ्लो तोड्न भन्दै निषेधाज्ञा जारी गरिए पनि संक्रमणले झनै भयावह रुप लिन थालेपछि निषेधाज्ञा जेठ ३ गते सम्मका लागि थप गरिएको हो ।
बाँकेमा संक्रमण तीब्र रुपमा बढीरहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन जेठ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए ।
वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञाको अवधि तेस्रोपटक थप गरिएको हो ।

Womui
Womui