स्वर्गद्वारी पैदलमार्ग

342

प्युठानको पवित्र धार्मिकस्थल स्वर्गद्वारी मन्दिर नेपाल र भारतीय हिन्दू धर्मावलम्बीहरूका लागि उत्तिकै आस्थाको केन्द्र हो । भारतीय तीर्थयात्रुका लागि प्युठान स्वर्गद्वारी पुग्ने छिटो, सजिलो र पुरानो मार्ग राप्तीसोनारी–१ को कुसुम भवानीयापुर, भौवा नाका हो । बर्सेनि लाखौं भारत बहराईच, श्रावास्ती, बलारामपुर जिल्लाका प्रायः तीर्थयात्रुहरू यही मार्गबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न जान्छन् । कुसुममोडबाट भने बसमा दाङ घोराही हुँदै स्वर्गद्वारी पुग्छन् । उनीहरू भारतीय जिल्लाबाट दुई दिन पैदल हिँडेर कुसुमसम्म आइपुग्छन् । पुस र माघ महिनामा अधिक मात्रामा भारतीय नागरिकहरू यो बाटो प्रयोग गर्दै जाने गर्छन् ।

भारतीय भौवानाकाबाट राप्तीसोनारी–१ भवानीयापुर नै एकमात्र पैदलमार्ग हो । उनीहरू चुरेको गाईलेक क्षेत्रको डाँडा पैदल हिँडेर आउने गर्छन् । उनीहरू रातमा राप्तीसोनारी कुसुमको सामुदायिक वन, स्थानीय बजार र बस्तीहरूमा बास बस्दै स्वर्गद्वारी पुग्छन् । यो सिजनमा सार्वजनिक बसहरू पनि पूर्वपश्चिम राजमार्गको कुसुम मोडबाट लाग्ने गर्छन् । स्वर्गद्वारी पुग्ने र त्यहाँबाट फर्कने तीर्थयात्रुहरू कुसुममोडमा आइपुग्छन् । भारतीय तीर्थयात्रुहरूको लागि यो पैदलमार्ग छोटो दूरीमा पर्छ । यो सयौं वर्षौंदेखि चलिरहेको छ ।

Womui
Womui